मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

मेमोरियल डे साता इन्टर स्टेट भलिबल प्रतियोगिता हुँदै

दैनिक नेपाल २०७९ जेठ १३ गते ७:४४

अमेरिका, १३ जेठ । म्याडिसन विस्कन्सिन अमेरिकामा आउँदो मेमोरियल–डे सातामा भोलि र पर्सि इन्टर स्टेट भलिबल प्रतियोगिता हुने भएको छ ।

उक्त कार्यक्रम नेपाली अमेरिकन मैत्री संघ म्याडिसन विस्कन्सिन, एनआरएन अमेरिकाको विस्कन्सिन च्याप्टर र मिडवेष्ट क्षेत्रका अन्य च्याप्टरहरूको सहयोगमा हुन लागेको हो । कार्यक्रमका संयोजक समाजसेवी रवीन्द्र उप्रेती अमेरिकन मैत्री संघ म्याडिसनका सक्रिय अभियन्ता र नवगठित एनआरएन अमेरिका राष्ट्रिय समन्वय परिषदका वर्तमान कोषाधक्ष हुन् ।

भोलि शनिबार बिहान ८ बजे सेन्ट्रल टाइममा कार्यक्रमको उदघाटन समारोह इनेपलिज डट कमबाट लाइभ गरिने योजना रहेको बताइएको छ । कार्यक्रमको उदघाटन अबिमन पसछेंको नेतृत्वमा नवगठित एनआरएन अमेरिकाका प्रमुख संरक्षक तथा एनआरनएन अमेरिकाका पूर्वध्यक्ष र एनआरनएन आईसीसीका वर्तमान कोषाध्यक्ष समाजसेवी सुनील साहले गर्ने छन् ।

साथै कार्यक्रममा एनआरएन अमेरिकाका पूर्व बोर्ड मेम्बर र एनआरएन अभियन्ता विस्कन्सिन निवासी समाजसेवी वासु अधिकारी पनि अतिति रहने छन् । नेपाली अमेरिकन मैत्री संघबाट वर्तमान अधक्ष्य अबिमन पसछें, पूर्वध्यक्ष सन्तोष लामिछाने तथा नेपाली कक्षाका विद्यार्थी र कक्षा तथा नेपाली संस्कृतीको प्रवर्धनमा म्यडिसनमा निरन्तर लागिरहने अर्चना द्वा लगायत सम्पूर्ण खेलाडी र खेलप्रेमी नेपाली समुदायको पनि उपस्थिति रहने छ ।

कार्यक्रमको सञ्चालन म्यडिसनका खेलप्रेमी युवा सन्तोष पौडेलले गर्ने छन् । प्रतियोगितामा मिचिगन, भर्जिनिया, मिन्नेसोटा, विस्कनसिनका म्याडिसन र मिल्वाकी गरी ७ वटा टिम सहभागी हुने छन् । म्यडिसनमा हुन लागेको यो दोश्रो इन्टर स्टेट भलिबल प्रतियोगिता हो ।

यसअघि २०१८ मा रविन्द्र उप्रेती र अर्जुन खड्काको संयोजकत्वमा अमेरिकन मैत्री संघको अध्यक्ष सन्तोष लामिछाने रहँदा पनि सफलतापूर्वक प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित