२९ आश्विन २०८३, बिहिबार

महँगी र अभाव : चाहिएका पाइँदैन, भएका छोई सक्नु छैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकबाट आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रासायनिक मलको आपूर्ति सूनिश्चित गरिने बताइन् ।

तर, नीति तथा कार्यक्रममा भनेजस्तो कृषकले रासायनिक मल पाउने कुनै छाँटकाँट छैन । चैते धान र मकै बालीका लागि किसानलाई अहिले रासायनिक मल चाहिएको छ । सरकारसँग किसानलाई दिने मल छैन। अहिलेको चैत धान र मकै बालीमा लगाउने मल नपाउँदा किसान मर्कामा छन्। बर्सेनि मुख्य धान बालीमा मल नपाउने समस्या भोग्दै आएकाले यस पटक पनि बर्खे धान बालीमा सरकारले किसानलाई समयमा मल आपूर्ति गर्छ भन्ने विश्वाससमेत छैन ।

नेपाल कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेत भन्छन्, ‘नीति तथा कार्यक्रममा मात्र उल्लेख गरेर रासायनिक मलको आपूर्ति सुनिश्चित हुँदैन । किसानलाई अहिले नै चैत धान र मकै बालीका लागि देशैभर मलको चरम अभाव छ।’ ‘सरकारसँग कृषकलाई दिने मल छैन’, उनले भने, ‘अब कृषकलाई सरकारले समयमा रासायनिक मल आपूर्ति गर्छ होला भन्ने विश्वास पनि छैन । विगतका वर्ष त यो समयमा कृषि सामग्रीसँग केही मौज्दात मल हुन्थ्यो ।’ अहिले कृषि सामग्रीमा मल लिन जाँदा कृषकले रित्तो हात फर्किनुपरेको छ ।

सरकारको यो अवस्था हेर्दा बर्खे धान बालीका लागि कृषकले मलको एउटा दानासमेत देख्न पाउने अवस्था नरहेको अध्यक्ष बस्नेत बताउँछन् । कृषि सामग्री कम्पनीका अनुसार अहिले मौज्दात युरिया ५००, डीएपी १५ हजार, पोटास ६ हजार ७०० मेट्रिक टन मात्र छ । सरकारले भारतसँग गत १६ फागुनमा जीटुजीमार्फत ल्याउन गरेको सहमति कार्यान्वयनमै आएको छैन । १६ फागुनमा नेपाल र भारतबीच ५ वर्षका लागि जीटुजीमार्फत मल खरिद गर्ने सम्झौता भएको थियो । सम्झौता भएको ४ महिना हुँदासमेत प्रक्रिया अघि बढेको छैन ।

कृषि सामग्री कम्पनीका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जीटुजीमार्फत खरिद गर्ने भनिएको मल आयातको अन्तिम चरणमा गृहकार्य भइरहेको बताए । धान बालीमा मलको अभाव हुन नदिन कृषि सामग्री र कृषि मन्त्रालय लागिपरेको उनको भनाइ छ ।

उनले मल खरिद गर्ने प्रक्रियाको धेरै काम अघि बढिसकेको हुँदा अब केही दिनमै खरिद प्रक्रियाको टुङ्गो लाग्ने जानकारी दिए । मल खरिदका लागि केही निर्णय मन्त्रिपरिषद्बाट गर्नुपर्ने भएको हुँदा सो निर्णयलाई कुरेको उनले बताए, आजको द नेपालटप दैनिकमा कौशिला कुँवरले समाचार लेखेको छिन् ।