६ कार्तिक २०८३, शुक्रबार

भरतपुर महानगर मेयरमा प्रचण्डपुत्री रेणु दाहाल विजयी, मतान्तर यस्तो छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १० जेठ। भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहाल विजयी भएकी छन्।

उनले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई पराजित गरेकी हुन्। गठबन्धनका तर्फबाट विजयी भएकी दाहालले ५२ हजार ३० मत ल्याइन्। उनी दोस्रो कार्यकालका लागि मेयर पदमा पुगेकी हुन्।

२०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर जितेकी उनले सुवेदीसँग १२ हजार ४४९ मतले पछि पारिन् । सुवेदीले ३९ हजार ५८१ मत पाएका छन्।