
चितवन, ९ जेठ । भरतपुर महानगरपालिकाको उपमेयर पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीको जित निश्चित भएको छ ।
भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेकोमा चित्रसेनले ४७ हजार २२८ मत पाएका छन् । अब भरतपुरमा १३ हजार ६८९ मत गन्न बाँकी छ ।
गन्न बाँकी मत भन्दा उनले मतान्तर भएका कारण मत गणना नसकिदै उनी विजयी बनेका हुन् । उनले १९ हजार ५१४ को मतान्तर बनाएका छन् । भरतपुरको मेयरका लागि सत्ता गठबन्धनबाटै उम्मेदवार रेणु दाहाल पनि जितनजिक पुगेकी छिन् ।















प्रतिक्रिया