६ कार्तिक २०८३, शुक्रबार

बिगु गाउँपालिकाको चिलंखामा गठबन्धनविरुद्ध एमालेको प्यानलै बिजयी, वडाध्यक्षमा शेर्पा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, ७ जेठ । जिल्लाको बिगु गाउँपालिका वडा नं. ५ चिलंखामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धनविरुद्ध नेकपा एमालेको प्यानलै बिजयी भएको छ ।

एमालेका तर्फबाट उम्मेदवार बनेका काले शेर्पा (कर्मा)ले ७७४ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी संयुक्त गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दिपक पाण्डेले सम्मानजनक ५८५ मत प्राप्त गरेका छन् । शेर्पाले पाण्डेलाई १८९ मत अन्तर पराजित गरेका हुन् ।

यस्तै वडामा अध्यक्षका अर्का प्रत्याशी राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो)का उम्मेदवार ताराबहादुर खड्काले ९ मत प्राप्त गरेका छन् ।

चिलंखामा एमालेको काले शेर्पा नेतृत्वको प्यानलै बिजयी भएको बिगु गाउँपालिका निर्वाचन कार्यालय सिंगटीले जानकारी दिएको छ । प्राप्त जानकारी अनुसार सदस्य निर्वाचित हुनेहरूमा ताराबहादुर श्रेष्ठ, लालबहादुर कामी, देवकुमारी भुजेल (कार्की) र मैया नेपाली छन् । उनीहरूले क्रमशः ७०६, ६७२, ७४८ र ७२९ मत प्राप्त गरी बिजय हासिल गरेका हुन् ।

सदस्यका निकटतम प्रतिस्पर्धीहरू नेपाली कांग्रेसका दोर्जे शेर्पाले ६२४ मत, नेकपा माओवादी केन्द्रका प्रेमकुमार श्रेष्ठले २६४ मत, नेपाली कांग्रेसकी मिरा तामाङले ४७९ मत र नेकपा माओवादी केन्द्रकी रमा लामिछानेले ३०९ मत प्राप्त गरेका छन् ।

आठ वटा वडा रहेको उक्त पालिकामा एमालेको खाता खोल्ने पहिलो वडा समेत चिलंखा बनेको छ । त्यसपछि वडा नं. ६ आलाम्पु र वडा नं. ८ खोपाचागुमा एमालेले जित हासिल गरेको छ । आलाम्पुमा टहलबहादुर थामी (४२८) र खोपाचागुमा हिरा थामी (५७१) निर्वाचित भएका छन् । अन्य पाँच वटा वडामा कांग्रेस र माओवादी गठबन्धनका उम्मेदवारहरूले जित हासिल गरेका छन् ।

निर्वाचन कार्यालयका अनुसार वडा नं. १ लामाबगरमा नेपाली कांग्रेसका मेमबहादुर तामाङ (५४६), वडा नं. २ वराङमा नेकपा माओवादीका दिपक ठकुरी (५३५), वडा नं. ३ बुलुङमा स्वतन्त्र उम्मेदवार ढालबहादुर तामाङ (४७७) र वडा नं. ४ लादुकमा नेकपा माओवादी केन्द्रका रामचन्द्र खड्का (७२९) निर्वाचित भएका छन् । त्यस्तै वडा नं. ७ बिगु (साविक)मा नेपाली कांग्रेसका दलबहादुर श्रेष्ठ (२९३) निर्वाचित भएका छन् ।