६ कार्तिक २०८३, शुक्रबार

विराटनगर महानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ७ जेठ । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका नागेश कोइराला विजयी भएका छन् ।

गएराति सार्वजनिक अन्तिम मतपरिणामअनुसार कोइराला ३० हजार १७० मतका साथ विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागर कुमार थापाले २१ हजार ४५५ मत पाए भने स्वतन्त्र उम्मेदवार उमेश कुमार यादव तेस्रो भए ।

यसैगरी सो महानगरपालिकाको उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी भइन् । उनले जसपाका अमरेन्द्र यादवलाई पराजित गर्दै विजयी भएकी हुन् । शिल्पाले २५ हजार ६८० मत पाउँदा अमरेन्द्रले १४ हजार २१९ मत पाए ।

विराटनगरमा सत्ता गठबन्धन रहेको थियो । जसअनुसार काँग्रेसले मेयर र जसपाले उपमेयर पाएको थियो । सो गठबन्धन तोड्दै उपमेयर एमालेले जितेको हो ।