६ कार्तिक २०८३, शुक्रबार

पद्मा अर्यालको गृहनगर वालिङका ‘उत्कृष्ट’ मेयर खाँण किन पराजित भए?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ। नेपाली कांग्रेसका दिलीपप्रताप खाँणलाई पराजित गर्दै नेकपा एमालेका कृष्ण खाँण स्याङ्जाको वालिङ नगरपालिकाको मेयरमा बिजयी भएका छन्।

०७७ मा मात्र दिलीपप्रतापले वालिङ स्मार्ट सिटी कार्यान्वयनलगायतका विभिन्न काममा उत्कृष्ट भएको भनी पुरस्कार लिएका थिए। वालिङ नेकपा एमालेकी सचिव पद्मा अर्यालको गृह नगर हो।

शहरी योजना, वातावरण, विपद् जोखिम व्यवस्थापन र उत्थानशीलतामा वालिङ नगरपालिका देशकै सर्वोत्कृष्ट नगर घोषित भएको थियो। तत्कालि प्रधानमन्त्री केपी शर्मा ओलीले वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणलाई सर्वोत्कृष्ट नगरपालिकाको पुरस्कार प्रदान गरेका थिए।

तर गत बर्षदेखि मेयरका रुपमा उनले भूमिका प्रभावकारी नहुनु तथा गृह नगरमा अर्यालको राजनीतिक सक्रियताका कारण एमालेको जित निश्चित भएको थियो। कांग्रेसको बाहुल्य भए पनि उक्त नगरमा एमालेलाई जिताउनका लागि अर्यालको सक्रियता प्रभावकारी रहेको बताइन्छ।

‘कांग्रेसको बाहुल्य भए पनि निरन्तर रुपमा हाम्रो राजनीतिक अभियान र अभ्यासले नगरपालिकामा जित निकाल्न सफल भयौं’, अर्याल भन्छिन्,‘अब यस नगरपालिका एमालेको नेतृत्वमा अझ प्रभावकारी उत्कृष्ट हुनेछ।’