६ कार्तिक २०८३, शुक्रबार

काठमाडौं अपडेट: कोर एरियामा स्थापित पक्कड बनाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाको कोर एरियामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पक्कड कायम गरेका छन् ।

वडा नम्बर २७ मा ३०० मत गणना सकिँदा स्थापित एक्लैले १४५ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ मत र कांग्रेसकी सिर्जना सिंहले ४१ मत ल्याएका छन् ।

त्यस्तै, काठमाडौंको वडा नम्बर ८ मा भने सिंहले अग्रता लिएकी छन् ।

यस वडामा ६०० मतको गणना सकिँदा सिर्जना सिंहले अग्रस्थानमा रहँदै १९५ भोट ल्याएकी छन् ।

एमालेका स्थापित र स्वतन्त्र उम्मेवार बालेनको समान १५०/१५० भोट छ ।

सम्बन्धित

https://www.dainiknepal.com.np/2022/05/559633.html