६ कार्तिक २०८३, शुक्रबार

सुनसरीको रामधुनीको मेयर र उपमेयरमा एमाले विजयी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, ५ जेठ । सुनसरीको रामधुनी नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा (एमाले)का शंकललाल चौधरी र तारा थापा निर्वाचित भएका छन् ।

चौधरीले १३ हजार ३७२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदिप अधिकारीले ११ हजार ४०५ मत ल्याएर पराजित भए ।

त्यस्तै, नगरपालिकाको उपमेयरमा थापाले १२ हजार २२० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी आशा कुमारी चौधरीले १० हजार ४९३ मत ल्याएकी छन् ।