६ कार्तिक २०८३, शुक्रबार

जनकपुरमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ जेठ । धनुषाको जनकपुर उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साह सुडीले १९५१ मतले अग्रता लिएका छन्। सुडीले ५४४८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवशंकर साहले ३४९७ मत ल्याएका छन्।

गठबन्धनबाट मेयरमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका लालकिशोर साहले १५५६ मत ल्याएका छन्। गठबन्धनबाट उम्मेदवारी दिएका जसपा लालकिशोर साह चौथो स्थानमा पुगेका छन्। यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले २३४० मत ल्याएका छन्।

यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसकी किशोरी साहले ६१०१ मत ल्याएकी छिन्। यस्तै एमालेकी रुनादेवी झाले ३८७६ मत,लोसपा रिताकुमारी मिश्रले २४१२ मत ल्याएकी छिन्।