६ कार्तिक २०८३, शुक्रबार

रौतहटको मौलापुरमा एमालेकी रिनाकुमारी विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ५ जेठ । रौतहटको मौलापुर नगरपालिकामा एमाले नेतृ रिनाकुमारी साह पुनः निर्वाचित भएकी छन् ।

गठबन्धनका उमेदवार रामप्रवेश यादवलाई दोब्बर मतले पछि पार्दै साह मौलापुर नगरपालिकाको मेयरमा पुनः निर्वाचित भएकी हुन् । साहले कुल ५५५६ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले ४५ सय २ मत प्राप्त गरेका छन् ।

गठबन्धनबाट मेयर पदका उमेदवार रामप्रवेश यादवले २९ सय ७५ मत प्राप्त गरेका छन् भने उप मेयरका उमेदवार रिनादेवीले ३१ सय मत प्राप्त गरेकी छन् ।

उनी यसअघि पनि मौलापुर नगरपालिकाकी मेयर हुन् ।