शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

निर्वाचन मत परिणामः एमाले सफल कि असफल ?

निर्मल भट्टराई २०७९ जेठ ४ गते २०:०३

-निर्मल भट्टराई

स्थानीय तहको निर्वाचनको परिणाम धमाधम सार्वजनिक भइरहेको छ । महानगरपालिका र उपमहानगरपालिकाको मत गणना अझै केही दिन लम्बिने भए पनि अधिकांश नगरपालिका र गाउँपलिकाको मत परिणाम आइसकेको छ ।

एमालेबाहेकका दलहरूद्वारा घोषित रूपमै एमालेको पत्तासाफ गर्ने एकल उदेश्य राखेर गठबन्धन गरिए पनि मत परिणामले त्यस्तो देखाएन । बरू प्रचण्ड, माधव र उपेन्द्र–बाबुरामको वैशाकीमा चुनावमा होमिएको नेपाली काङ्ग्रेस निर्वाचित सङ्ख्याको आधारमा एमालेभन्दा ठूलो देखिए पनि जनमतको कसीमा एमाले पहिलो पार्टी बन्ने निश्चित भएको छ ।

वैशाकीको बहुमत वैशाकी खुस्किनेवित्तिकै लङ्गडो हुने अवस्था एकातिर छ भने अर्कोतिर प्रचण्ड र माधवको कारण भर्खरै भीमकाय दुर्घटनाबाट बचेर आएको एमालेले आफ्ना सबै जुइनु कस्न नपाउदै भएको स्थानीय निर्वाचनले नेकपा(एमाले)लाई थप शक्तिशाली बनाएको छ ।

भोटको लेनदेन र अन्य प्राविधिक कारण र धाँधलीको कारण सीट सङ्ख्याको आधारमा कांग्रेसभन्दा पछाडि पारिए पनि जनमतमा एमाले विगतमा भन्दा अब्बल सावित भएको छ ।

महाभारतकी एक प्रमुख पात्र कुन्तीले जो गुहा¥यो, उही अगाडि हाजिर हुने बरदानबाट प्राप्त शक्तिको परीक्षणस्वरुप सूर्यलाई गुहारिन् । तत्क्षण सूर्य उनको अगाडि हाजिर भए । केही समय कुन्ती आफ्नो शक्ति देखेर दङ्गदास भइन् । तर त्यसको परिणाम राम्रो भएन । सूर्य खाली हात फर्केनन् । उनको अस्मिता लुटियो ।

खासगरी माधव नेपाललाई अहिले त्यस्तै भएको छ । गठबन्धन गर्ने वेलामा प्रचण्ड र नेपालले शेरबहादुर देउबालाई गुहारेका थिए । ’ओलीलाई ठीक पार्ने’ आफ्नो शक्ति देखेर उनीहरू आफैं फुरङ्ग थिए । तर त्यसको परिणाम राम्रो भएन । शेरबहादुर देउबाले स्थानीय चुनावमा गठबन्धन दललाई राजनीतिक बलात्कार गरे । उनीहरूसंग बचेखुचेको भोट लुटे । आफ्नो दिएनन् ।

ऋण लिएर धनी बन्ने प्रयास गर्नु र छलछामार्फत् अरूको भोट लिएर ठूलो पार्टी बन्ने प्रयास उस्तै हुन् । घठबन्धनका अरू दललाई घाटा पारेर अहिले काङ्ग्रेसले कमाएको नाफा ’उल्फाको धन, फुपूको श्राद्ध’ सरहमात्र हुनेछ ।

एकीकरण र विभाजनमा लामो समय अल्झिएको एमाले पार्टीलाई छोटो अवधिमै विधान महाधिवेशन र दशौं राष्ट्रिय महाधिवेशनमार्फत् चुस्त दुरूस्त बनाइएको भए पनि वैचारिक र साङ्गठानिक हिसाबले पार्टी पूर्णरूपेण सुदृढ भइसकेको थिएन ।

भोटमात्र होइन, नेपाली काङ्ग्रेसले प्रचण्ड र माधवको ’कम्युनिष्ट अस्मिता’ समेत लुटेको आभास उनीहरूलाई हुँदैछ । जति गरे पनि प्रचण्ड र खासगरी माधव नेपालले पार्टी विभाजनको औचित्य पुष्टि गर्न सकेनन् । यो निर्वाचनमा माधव नेपालहरूले गरेको एमालेविरोधी आह्वानलाई जनताले पुरै तिरस्कार गरिदिएका छन् । उनीहरूलाई जनताले सेनाविहीन सेनापति बनाइदिएका छन् ।

चौतर्फी घेराबन्दीका बाबजुद जनमतको हिसाबले सबैभन्दा ठूलो पार्टी नेकपा(एमाले)ले सानातिना कमजोरीलाई व्यवस्थापन गर्न सकेको भए परिणाममा निकै बढोत्तरी हुन सक्ने रहेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

एकीकरण र विभाजनमा लामो समय अल्झिएको एमाले पार्टीलाई छोटो अवधिमै विधान महाधिवेशन र दशौं राष्ट्रिय महाधिवेशनमार्फत् चुस्त दुरूस्त बनाइएको भए पनि वैचारिक र साङ्गठानिक हिसाबले पार्टी पूर्णरूपेण सुदृढ भइसकेको थिएन ।

निर्वाचनमा उठाउने नेता–कार्यकर्ताको राम्ररी मूल्याङ्कन हुन सकेको अवस्था थिएन । विगतमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको पर्फर्मेन्सको राम्रो लेखाजोखा हुन सकेको थिएन ।

उनीहरूको नेतृत्वमा भएका विकास निर्माणका कार्यहरूलाई पार्टीले अपनत्व लिइसकेको अवस्था पनि थिएन । स्थानीय र तृणमूलका पार्टी कमिटीमार्फत् केन्द्रसम्म आउनुपर्ने सही सूचना पनि आइसकेको अवस्था थिएन ।

टिकट वितरणमा पार्टी केन्द्रले निश्चित प्रक्रिया र मापदण्ड तय गरेको भए पनि त्यसको कार्यान्वयनमा कमीकमजोरी देखिए । कतिपय ठाउँमा त योग्य उम्मेद्वारको छनोट हुनुपर्नेमा आकाङ्क्षीमध्येबाट टिकट वितरण गर्ने अधिकार प्राप्त व्यक्तिसंगको निकटतालाई मुख्य आधार बनाइँदा आफ्नै गढहरूबाट समेत हात धुनुपर्ने स्थिति आयो ।

टिकटाकाङ्क्षीहरूमा आफूले पाए ठीक अरूले पाए वेठीक भन्ने गलत प्रवृत्ति हावी हुँदा विभिन्न ठाउँमा अन्तरघात समेत हुन पुग्यो । विगतमा जितिरहेका र जित्न सक्ने थुप्रै ठाउँ एमालेले गुमाउन पुग्यो । लौह अनुशासन मानेर आएको एमाले पार्टीमा टिकटको लुछाचुँडीमा छताछुल्ल पोखिएको अराजकता, दम्भ, मनी–मसलको प्रयोग प्रत्युत्पादक बने ।

साथै जनताले मन नपराउने टीठलाग्दा भाषण, गालीगलोज र आश्वासनको परम्परागत शैली, युवा केन्द्रित कार्यक्रमको अभाव, युवा पुस्ता र नयाँ अनुहारमा विश्वास नगर्ने, पद, शक्ति र अवसरलाई केही व्यक्तिको सिन्डिकेटभित्र राख्ने जिल्ला–जिल्लामा देखिएको मनोवृत्ति, आलोचनात्मक चेत र विचारले लैस अग्रदस्ता बनाउनु पर्नेमा ’हवस् दाइ’ प्रकारको भीड जम्मा गर्ने प्रवृत्तिलाई पार्टीले समयमा हटाउन सकेको भए निर्वाचन परिणाममा थप सुधार आउन सक्थ्यो ।

यिनै वाह्य र आन्तरिक प्रतिकुलताका बीच स्थानीय तहको निर्वाचनमा होमिएको एमालेले प्राप्त गरेको यो सफलता चानचुने होइन । यो सफलतालाई आधार बनाएर आफ्ना आन्तरिक कमी कमजोरीलाई सुधार गर्दै अगाडि बढ्ने हो भने एमालेलाई आगामी आम निर्वाचनमा बहुमत प्राप्त गर्न कसैले रोक्न सक्ने छैन ।

प्रतिक्रिया
सम्बन्धित