
सिन्धुपाल्चोक, ४ जेठ । खुट्टामा पैसा राखेर ढोग्ने कांग्रेसका उम्मेदवार अमृत खनाल वडाध्यक्षमा निर्वाचित भएका छन् ।
कांग्रेसबाट सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर १० का लागि उम्मेदवार बनेका अनालले १ हजार ४८ मत ल्याएर जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका टेकबहादुर तामाङले ९४८ मत प्राप्त गरे ।
खनालले घरदैलो अभियानका क्रममा मतदाताको खुट्टामा पैसा राखेर ढोगेका थिए । उक्त तस्वीर भाइरल भएपछि खनालले फुपूले टीका लगाएर आर्शीवाद दिएपछि गोडामा पैसा राखेर ढोगेको बताएका थिए ।
घटनापछि विपक्षीहरुले उम्मेदवारी नै खारेज गर्नुपर्छ भनेर निर्वाचन आयोगमा उजुरी दिएका थिए ।















प्रतिक्रिया