६ कार्तिक २०८३, शुक्रबार

सत्ताको दुरुपयोग भयो, लोकतन्त्रलाई राम्रो गर्दैन: प्रदीप ज्ञवाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेलाई चौतर्फी घेराबन्दीमा पारिएको बताएका छन् ।

यसका बाबजुद पनि एमालेले राम्रै नतिजा ल्याइरहेको उनले बताए ।

मंगलबार संसद बैठकमा बोल्दै ज्ञवालीले भने, ‘हामी झल्झली सम्झिरहेका छौं । चुनावपछि एमाले मटियामेट हुने, टर्च बालेर खोज्नुपर्ने, धूलोमा मिल्ने जस्ता कुराहरु गरिएका थिए । तर, हामीले गठबन्धनसँग संघर्ष गर्दै ३२२ मध्ये ९९ भन्दा माथि विजय हासिल गरेका छौं ।’

उनले थपे, ‘परिणामप्रतिको कुरा होइन । तर, यसरी प्रतिपक्षी दललाई जुन तरिकाले चौतर्फी घेराबन्दी गरियो यस्तो दुनियाँमा कतै हुँदैन । स्वस्थ र मर्यादित प्रतिस्पर्धाबाट योभन्दा कमजोर बन्न एमाले तयार छ । तर सत्ताको दुरुपयोग भयो । यसले लोकतन्त्रलाई राम्रो गर्दैन ।’