६ कार्तिक २०८३, शुक्रबार

एमालेले खुलायो संसद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३ जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोध अन्त्य गरेको छ ।

९ महिना लामो जारी अवरोध अन्त्य गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जनाएका छन् । मंगलबार बजेट अधिवेशनको पहिलो दिन एमालेले अवरोध गरेन ।

एमालेले आफूले कारवाही गरेका सांसदहरूलाई नहटाइएको भन्दै २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।

एमालेले स्थानीय तहको निर्वाचनपछि अवरोध हटाएको हो । मंगलबार संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोलेका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘अदालतले कारबाही नगरे पनि भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले उचित ढंगले फैसला गरेका छन् भन्ने लाग्छ । विभाजनका कारकहरुको परीणामलाई हामीले हेरिरहेका छौं ।’