
चितवन, ३ जेठ । चितवनको माडी नगरपालिकाको मेयरमा नेकपा एमालेकी उम्मेदवार ताराकुमारी काजी महतो निर्वाचित भएकी छन् ।
सो क्षेत्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र हो ।
महतोले कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार ऋषि काफ्लेलाई २ हजा १७२ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन् । महतोले ९ हजार ९०१ मत ल्याउँदा काफ्लेले ७ हजार ७२९ मत ल्याए ।















प्रतिक्रिया