
काठमाडौँ, ३ जेठ । काठमाडौँ महानगरपालिकाको मतगणनाको पछिल्लो विवरण सार्वजनिक भएको छ । काठमाडौंका मेयरका स्वतन्त्र उम्मेदवार बोलेन साहले ११ हजार ६३२ मत पाएका छन् ।
उनका निकटतम प्रतिस्पर्धि एमालेका उम्मेदवार केशव स्थापितले ६ हजार २५९ र पाँचदलीय गठबन्धनकोतर्फबाट कांग्रेसको उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह)ले ५ हजार ४८६ मत पाएकी छन् । अघिल्लो तथ्यांक सार्वजनिक हुँदा बालेनले ११ हजार ४७७ मत पाएका थिए । त्यसबेला स्थापितले ६९२० मत पाएका थिए ।















प्रतिक्रिया