६ कार्तिक २०८३, शुक्रबार

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ३ जेठ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजबंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई उनकै घरमै ललाई फकाई बिपुलले वैशाख २५ गते बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।