
लमजुङ, ३ जेठ । लमजुङको सदरमुकाम रहेको बेंसीसहर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् ।
एमालेका गुमानसिंह अर्यालले सत्तागठबन्धनका उम्मेदवार श्रीकान्त घिमिरेलाई २ हजार ८ मतले हराउँदै पुनः मेयरमा विजयी भएका हुन् ।
त्यस्तै, उपप्रमुखमा शिक्षक पेशा छोडेर उम्मेदवार बनेकी पद्मा गुरुङ निर्वाचित भएकी छन् ।
अर्यालले ९ हजार ४ सय ७९ मत ल्याएर निर्वाचित हुँदा गठबन्धनका श्रीकान्तले ७ हजार ४ सय ७१ मत पाएका छन् ।
त्यस्तै, ११ वटा वडाहरुमध्ये एमालेबाट वडा नं. १ मा दुर्गाबहादुर बुढाथोकी, २ मा मदनबहादुर राना, ५ मा इन्द्रबहादुर गुरुङ, वडा नं. ७ मा ऋषि बस्नेत, वडा नं. ८ मा पवित्रा थापा राना, वडा नं. १० मा गंगाबहादुर थापा र वडा नं. ११ मा शिवप्रसाद जोशी वडाध्यक्षमा विजयी भएका छन् । वडा नं. ६ मा एमालेबाट बागी उठेका स्वतन्त्र प्रकाश थापाले वडाध्यक्षमा जितेका छन् ।
सत्ता गठबन्धनबाट कांग्रेसतर्फ वडा नंं ४ मा गमबहादुर गुरुङ र वडा नं. ९ मा खुसीजंग गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् । माओवादी केन्द्रबाट वडा नं. ३ मा चित्र दनाइँ वडाध्यक्षमा निर्वाचित भएका छन् ।















प्रतिक्रिया