६ कार्तिक २०८३, शुक्रबार

धनुषाको औरही गाउँपालिकामा एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ जेठ । धनुषाको औरही गाउँपालिका अध्यक्षमा एमालेका उमाशंकरप्रसाद साह निर्वाचित भएका छन् । साह ३३२६ मत ल्याएर औरहीको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका ब्रह्मदेव यादव २९२३ मत ल्याएका छन् ।

त्यस्तै उपाध्यक्षमा समेत एमालेकै पुनम साह २९४९ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसको रिंकीकुमारी मण्डल २७९० मत ल्याएकी छन् ।