६ कार्तिक २०८३, शुक्रबार

बन्दिपुरमा एमालेको अग्रता, कांग्रेस पछ्याउदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ३ जेठ । तनहुँको बन्दिपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार सुरेन्द्रबहादुर थापा १३१ मतान्तरले अग्रता लिइरहेका छन् । थापाले ३०७३ मत ल्याएर पहिलो स्थानमा छन् ।

उनलाई पछ्याउदै नेपाली कांग्रेसका धुर्वलाल प्रधानले २९४२ मत ल्याएर दोस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रका पुर्ण सिं थापाले २६०९ मत ल्याएर तेस्रो स्थानमा छन् ।