
काठमाडौँ, १ जेठ । भरतपुर महानगरपालिकामा ५ हजार ६७७ मतको गणना सकिएको छ । अहिले वडा नम्बर २ को मतगणना भइरहेको छ । रेनु दाहालले २ हजार ३८ मत ल्याउँदा एमालेका सुवेदीले १ हजार ९९८ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६६१ मत पाएका छन् । यसअघि, वडा नम्बर–१ को मतगणना सकिँदा दाहालले एक हजार १३८ मत पाएकी थिइन् । सुवेदीले एक हजार १५ मत पाएका थिए । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ४२६ मत ल्याएका थिए ।















प्रतिक्रिया