७ कार्तिक २०८३, शनिबार

झापाको भद्रपुर १ मा एमालेको प्यानल नै विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ३१ वैशाख । झापाको भद्रपुर नगरपालिका वडा नं १ मा नेकपा (एमाले)को प्यानल नै निर्वाचित भएको छ ।

भद्रपुर वडा नं. १ मा वडा अध्यक्षका उम्मेदवार रामप्रसाद अधिकारीसहित प्यानल नै विजयी भएको हो ।

अधिकारीले ९३७ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेस माओवादी गठबन्धनका उम्मेदवार मेदनीप्रसाद सिवाकोटीले ५७७ र राप्रपाका दलबहादुर लिम्बुले ६५८ मत ल्याएका छन् ।

सिवाकोटी माओवादीबाट उम्मेदवार बनेका थिए । वडा सदस्यहरूमा एमालेका टीका भण्डारी, दिलबहादुर लिम्बु, सीता गुरुङ र अम्बिका विश्वकर्मा निर्वाचित भएका छन् ।