
काठमाडौँ, ३१ वैशाख । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै निर्वाचित भएको छ ।
शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र लामाको प्यानल नै विजयी भएको हो ।
लामाले ८५४ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ४७४ मत ल्याएका छन ।
मेयरमा बुढानिलकण्ठ १ मा सूर्यले ७७८ मत प्राप्त गर्दा रूखले ४२८ मतमात्र प्राप्त गरेको छ ।
यस्तो छ मतपरिणाम:
सूर्य रुख
मेयर ७७८ ४२८
उपमेयर ८१२ ४५३
वडाध्यक्ष ८४५ ४७४
महिला सदस्य ८३० ४८५
दलित सदस्य ८३२ ४६१
खुला सदस्य ८०२ ४५८
खुला सदस्य ७७६ ४७९















प्रतिक्रिया