
काठमाडौँ, ३१ वैशाख । काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर १ मा कांग्रेसका बागी उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।
६ सय मत गनिसक्दा जेब्रा चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतले २८३ मत प्राप्त गरेर अग्रता लिएका छन् ।
एमालेका अशोक ब्यान्जुले २१३ मत पाएका छन् । त्यस्तै, उपमेयरमा गठबन्धनबाट कांग्रेस उम्मेवारले २८२ मत पाउँदा एमालेकी लालतारा अधिकारीले २२७ मत पाएकी छन् ।















प्रतिक्रिया