७ कार्तिक २०८३, शनिबार

भरतपुरसहित ६ वटै महानगरपालिकामा मतगणना सुरु हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । शुक्रबार भएको स्थानीय तहको निर्वाचनका मतगणना सुरु भइसकेको छ ।

यसैबीच सर्वाधिक चासो रहेको भरतपुरसहित ६ वटै महानगरपालिकामा शनिबार बिहान ८ बजेदेखि मतगणना सुरु हुन थालेको छ ।

काठमाडौं महानगरपालिकाको राष्ट्रिय सभागृहमा मतगणना हुनेछ ।

त्यस्तै, चितवनको भरतपुर महानगरपालिका र कास्कीको पोखरा महानगरपालिकामा पनि शनिबार ८ बजेदेखि नै मतगणना सुरु गर्ने सहमति भइसकेको छ ।

त्यस्तै, ललितपुर महानगरमा सर्वदलीय बैठक बसेर निर्णय गरिँदैछ ।

पर्साको वीरगञ्ज महानगरपालिका र मोरङको विराटनगर महानगरपालिकामा शनिबार बिहानैदेखि मतगणनाको तयारी भइरहेको छ ।