
काठमाडौँ, ३० वैशाख । तनहुँको व्यास नगरपालिकाका उम्मेदवार दीपकराज जोशीमाथि कांग्रेस कार्यकर्ताद्वारा निर्घात कुटपिट भएको छ ।
शुक्रबार व्यास नगरपालिका वडा नं. ८ रिस्तीस्थित साविक गाविस भवनमा भएको मतदान केन्द्रमा निरीक्षणका लागि पुगको जोशीमाथि कांग्रेस कार्यकर्ताहरुले आक्रमण गरेका हुन् ।
आक्रमणबाट घाइते जोशीको दमौलीमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिए पनि आज मौसम खराबीका कारण लगिएन ।
जोशीले कांग्रेस नेता रामचन्द्र पौडेलले आफूलाई मार्न प्रयास गरेको आरोप लगाएका छन् ।
आफू मतदान केन्द्रको निरीक्षणमा पुग्दा आफूमाथि ढुंगा र धारिलो हतियार प्रहार भएको बताए ।
त्यस्तै, नेकपा एमाले र जोशी समूहले पुनः मतदानको माग गरेका छन् ।
उनीहरुले संयुक्त विज्ञप्ति जारी गरी पुनः मतदानको माग गरेका हुन् ।















प्रतिक्रिया