
काठमाडौँ, ३० वैशाख । पश्चिम नवलपरासीका ७ स्थानीय तहका १० वटा मतदानस्थलमा राति ८ बजेसम्म मतदान हुने भएको छ ।
वर्षाका कारण मतदान कार्यक्रम ढिलो सुरु भएपछि बेलुका ८ बजेसम्म मतदान जारी राखिने आयोगले जनाएको छ ।
सुनवलको अमर ज्योति आधारभूत विद्यालयको मतदान केन्द्रका अधिकृत अचानक बेहोस भएपछि त्यहाँ मतदान ढिला सुरु भएको थियो ।
मतदान ढिला भएका सबै स्थानमा अहिले मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जनाएका छन् ।
बर्दघाट र सुनवल नगरपालिका तथा प्रतापपुर र सुस्ता गाउँपालिकाका केही केन्द्मा मतदान जारी छ ।
अन्य पालिकाको मतदान कार्य सकिएको र सम्बन्धित पालिकामा मत पेटिका पुर्याउने काम भइरहेको । राति १० बजेपछि मतगणना सुरु गरिने बताइएको छ ।















प्रतिक्रिया