७ कार्तिक २०८३, शनिबार

बाबुराम भट्टराईको मतपत्र सामाजिक सञ्जालमा शेयर भएपछि….

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईले आफूले मत दिएको मतपत्रसहित सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

उनले गोरखा पालुङटार नगरपालिका १ स्थित अन्नपूर्ण माविको बुथमा बिहान ८:२५ बजे मतदान गरेका थिए । मतदान गरेको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दा उनले आफूले मत दिएको मतपत्रको तस्वीर पनि शेयर गरेका थिए, जसमा जनता समाजवादी पार्टीको चुनाव चिन्ह ‘छाता’ मा छाप हानेको सहजै देख्न सकिन्छ ।

उनले तस्वीर राखेको केही समयपछि नै निर्वाचनको आचारसंहिताको उल्लघंन भएको भनेर उनकै पोस्टमा धेरैले आलोचना गरेका थिए ।हाल उनले अन्य फोटोहरू जस्ताको तस्तै राखे पनि मतपत्र देखिएको फोटो भने फेसबुक र ट्वीटर दुवैतिरबाट हटाएका छन् ।

यद्यपि निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ मा भने मत सङ्केत सार्वजनिक गर्न नहुने भनेर उल्लेख गरिएको छ ।