७ कार्तिक २०८३, शनिबार

१२ बजेसम्ममा ३५ प्रतिशतले गरे मतदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि शुक्रबार जारी मतदानमा मध्यान्ह १२ बजेसम्म मुलुकभरमा ३५ प्रतिशत मतदान भएको जनाएको छ ।

आयोगको प्रारम्भिक तथ्यांकअनुसार मध्यान्ह १२ बजेसम्ममा मुलुकभर ३५ प्रतिशत मत खसेको जनाएको हो ।

शुक्रबार मुलुकभरका सात सय ५३ वटै स्थानीय तहका १० हजार ७ सय ५६ मतदान स्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।

आयोगका अनुसार छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण रुपमै चलिरहेको छ ।

दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदान स्थलमा सामान्य विवादका कारण मतदान स्थगित भएपछि पुनः सुचारुका लागि प्रयास भइरहेको आयोगले जनाएको छ ।