७ कार्तिक २०८३, शनिबार

सिन्धुपाल्चोकमा तनाव भएपछि सेनाद्वारा स्थिति नियन्त्रण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । सिन्धुपाल्चोकको मेलम्ची–४ ज्यामिरेमा मतदानका क्रममा तनाव भएको छ ।

मतदान सुरु भएको केहीबेरमा अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि तनाव उत्पन्न भएको हो ।

ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि नेपाली सेनाले हतियार तेर्स्याएर स्थिति नियन्त्रणमा लिएको थियो ।

हाल त्यहाँको स्थिति सामान्य भइसकेको जनाइएको छ ।