७ कार्तिक २०८३, शनिबार

मुगुमा ३ जना किरियापुत्रीद्वारा मतदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, ३० वैशाख । मुगुमा ३ जना किरियापुत्रीले मतदान गरेका छन् ।

खत्याड गाउँपालिका –८ सुकाढिक गाउँका ३ दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गरेका हुन् ।

उनीहरुले आम गाउँमा रहेको श्री सरस्वती आधारभूत बिद्यालयको मतदान केन्द्रमा १ घण्टा उकालो बाटे हिँडेर मतदान गरेका छन् ।

उनीहरुले आमाको मृत्यु भएको सातौँ दिनको काम गरिरहेका छन् । किरिया बसेका दाजुभाइमा खत्याड गाउँपालिका – ८ सुकाढीकका ५६ वार्षीय कवीराज कार्की, माइला भाइ वीरबहादुर कार्की र जयसुर कार्कीले मतदान गरेका छ्न ।

कान्छा भाइ जयसुर त खाली खुट्टा नै मतदानस्थलमा पुगेका थिए । जेठा दाइ कबिराज कार्की नेपाल टेलिभिजन मुगुका जिल्ला संवाददाता हुन ।