
गोरखा, २९ वैशाख । गोरखामा दुई दिनदेखि बेपत्ता पुरुष मृत भेटिएका छन् ।
गण्डकी गाउँपालिका–६ देविस्थानका ५२ वर्षीय लगबहादुर थापा भृट भेटिएका हुन् ।
थापा मंगलबार रातिदेखि हराएका थिए ।
बिहीबार दिउँसो घरबाट करिब २ किलोमिटर टाढा नाचने भीरको जंगलमा थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । शव पोष्टमार्टमका लागि गोरखा अस्पताल लगिएको छ । घटनाबारे अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया