
काठमाडौं, २९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमण गर्ने भएका छन् ।
उनले नेपालका समकक्षी शेरबहादुर देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् । त्यस्तै, परराष्ट्रमन्त्री नारायण खड्काले पनि लुम्बिनीमै गएर मोदीसँग भेटवार्ता गर्दैछन् ।
उनी प्रधानमन्त्री देउवाको निमन्त्रणामा लुम्बिनी आउन लागेका हुन् ।
नेपालको परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले बिहीबार एकै समयमा मोदीको नेपाल भ्रमणबारे विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
भ्रमणका क्रममा मोदीले लुम्बिनीको मायादेवी मन्दिरमा पूजाअर्चना गर्नेछन् ।
लुम्बिनी विकास कोषले नेपाल सरकारको संयोजकत्वमा आयोजना गर्ने बुद्धजयन्ती कार्यक्रमलाई पनि मोदीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साथै, मोदीले लुम्बिनी विहार क्षेत्रभित्र अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास पनि गर्नेछन् ।
यद्यपि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भने भेट गर्ने कार्यक्रम तय भएको छैन ।
















प्रतिक्रिया