
दाङ, २९ वैशाख । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सवार गाडी दुर्घटनामा परेको छ।
दुर्घटनामा परी बस्नेतसहित १० जना घाइते भएका छन् । बस्नेतको टाउकोमा चोट लागेको छ । सल्यानबाट दाङतर्फ आउँदै गरेको बस्नेत सवार बा ८ च ६९२५ नम्बरको बोलेरो र दाङबाट सल्यानतर्फ जाँदै गरेको ना अ प ९४१ नम्बरको एम्बुलेन्ससँग ठोक्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
तुलसीपुर उपमहानगर ३ राणा गाउँमा बलेरो र एम्बुलेन्स ठोक्किएको हो।















प्रतिक्रिया