
भैरहवा, २९ वैशाख । स्थानीय निर्वाचनको मौन अवधिको समयमा कांग्रेसका नेता देखि कार्यक्रताहरुले आचारसंहिताको उल्लघंन गरेका छन् ।
२७ गते राति १२ बजेदेखि देखि मौन अवधि शुरु भएको छ, यस्तो समयमा निर्वाचन प्रयोजनकोलागि कसैले पनि प्रभावमा पार्ने उद्धेश्यले कसैलेपनि सामाजिक संजालमा झुटा कुरा सञ्चालन गर्न नहुने भनेको छ ।
तर सिद्धार्थनगर नगरपालिका वडा १२ बस्ने सिद्धार्थनगरपालिकाका पूर्व वरिष्ठ इन्जीनियर शैलेन्द्र पूसाद श्रेष्ठले नेपाली कांग्रेसको तर्फबाट सिद्धार्थनगरपालिकाका मेयर पदका उम्मेदवार इस्तीयाक अहमद खाँनको प्रचार गरेका छन् ।
प्रचार गर्दै आफ्नो फेसबुकमा उम्मेदवार खानको तस्बीर सहित लेखेका छन्, “सरल इमान्दार जोस र जाँगरिलो भरिपूर्ण नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुख पदका उम्मेदवारलाई मत दिएर विजयी गराऔँ” ।
श्रेष्ठले बुधबार दिउसो ५ बजेको समयमा उक्त पोष्ट गरेको देखिन्छ ।
उनी नेपाल इन्जीनियर्स एशोसिएसन लुम्बिनी प्रदेश अध्यक्ष समेत हुन् । उनी कांग्रेस निकट लोकतान्त्रीक समुहबाट उम्मेदवार भइ विजयी भएका थिए ।
उनले आचारसंहिताको उल्ललघन गरेको प्रति मुख्य निर्वाचन कार्यालयको ध्यानाकर्षण भएको जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत धनसिंह महराले आचार संहित उल्लघन गर्नेलाई सचेत बनाउने र कारबाही समेत गर्ने बताए । महराले मौन अबधीमा कसैलेपनि आचारसंहिता उल्लघन गर्न नहुने बताए ।
यसैगरि सुद्धोधन गाउँपालिका वडा नं ३ मैनहियामा कांग्रेसका स्थानीय नेता प्रकाश यादवको घरमा एक पिकअप मदिरा (रक्सी) स्टोर गरिएको स्थानीयले बताएका छन् ।
त्यसैगरि सोही गाउँमा एक पिकअप कपडा समेत भएको स्थानीयले बताए ।
मदिरा र कपडा राखेको प्रहरीलाई स्थानीयले खबर गरेपछि प्रहरी निरिक्षक जीवन लामिछानेको टोली मैनहीयामा पुगेको छ ।
प्रहरीले समाचार तयार पार्दा सम्म उक्त संकास्पद घरमा ताला लगाइएको हुँदा उक्त क्षेत्रमा चेक जाँच गर्दा कुनै सामाग्री नपाइएको बताए ।
स्थानीय राम विकास चौधरीले भने हिँजो राती गाडीमा लिएर प्रकाश यादवको घरमा रक्सी लिएर राखेको प्रत्यक्षरुपमा देखेको बताएका छन् ।















प्रतिक्रिया