७ कार्तिक २०८३, शनिबार

डोल्पामा म्यादी प्रहरीको मृत्यु, शव ल्याउन हेलिकोप्टर पठाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ वैशाख । डोल्पाको फोक्सुन्डो गाउँपालिका–१ स्थित सहिद दशरथचन्द आधारभूत विद्यालय कोमास मतदान केन्द्रमा खटिएका म्यादी प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय सुरिन विक रहेका छन् ।

बुधबार एक्कासि पेट दुख्ने र रिँगटा लाग्ने समस्या भएपछि उनलाई मतदान केन्द्रबाट शे–गुम्बातर्फ ल्याइएको थियो । उपचारका लागि फर्किदै गर्दा उनको बाटोमा मृत्यु भएको हो ।