७ कार्तिक २०८३, शनिबार

माधव नेपालले मागे सूर्य चिह्नमा भोट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २७ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्नमा भोट मागेका छन् ।

सत्तारुढ गठबन्धनको घटक नेकपा एसका अध्यक्ष नेपालले नेकपा एमालेको सूर्य चिह्नमा मतदान गर्न अपील गरेका हुन् ।

मंगलबार महालक्ष्मी नगर कमिटीले गरेको चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो भनेका हुन् ।

उनले वास्तवमा झुक्किएर सूर्यमा मत मागेका हुन् । आफ्नो पार्टीको चिह्न कलम भन्नुपर्ने स्थानमा उनले ‘सूर्य’ चिन्हमा मात्रै छाप लगाउँदै जाने हो,’ भने ।

त्यसपछि अन्य नेताहरुले सूर्य नभएर कलममा भनेपछि सरी भन्दै उनले कलमका लागि भोट मागे ।