७ कार्तिक २०८३, शनिबार

मतदाता परिचयपत्र नभएकाले पनि भोट हाल्न पाउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ वैशाख । वैशाख ३० गते देशैभर हुने स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले भोट हाल्न पाउने भएका छन् ।

नागरिकता भएका सबैलाई मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनाएका छन् ।

मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताएका हुन् ।

भोट हाल्न मतदाता परिचयपत्र अनिवार्य हो कि होइन भन्ने प्रश्नमा उनले नागरिकता हुने सबैले भोट हाल्न पाउने बताए ।