७ कार्तिक २०८३, शनिबार

म नर्कबाट फर्केँ भन्दै पुण्य गौतम एमाले प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ वैशाख । अभियन्ताका रुपमा रहेका सामाजिक सञ्जालमा चर्चित पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मंगलबार काठमाडौँमा आयोजित एमालेको वृहत चुनावी आमसभामा सूर्य अंकित झण्डा लिँदै अध्यक्ष केपी शर्मा ओलीबाट एमालेमा प्रवेश गरेका छन् ।

पूर्वमाओवादी नेताका रुपमा रहेका उनी पछिल्लाे समय नेकपा (एकीकृत समाजवादी) मा रहेका थिए । उनले आफू एकीकृत समाजवादीबाट नर्कबाट फर्केर आएको बताए । गौतमले अध्यक्ष ओलीलाई नेल्सन मण्डेलालगायत विश्व राजनेतासँग तुलना गर्दै देशको समृद्धिका लागि ओलीको विकल्प नरहेको बताए ।

त्यस्तै, गठबन्धनलाई ठगबन्धन भन्दै कविता समेत सुनाएका छन् । त्यस्तै, आठ सूर्य सात छाप, नेकपा एमाले जिन्दावाद भन्दै नारा समेत लगाएका थिए ।