७ कार्तिक २०८३, शनिबार

निर्वाचनको तयारी अन्तिम चरणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ वैशाख । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी कैलालीमा अन्तिम चरणमा पुगेको छ ।

जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “कर्मचारीलाई नियुक्ति पत्र दिई मतदान केन्द्रमा पठाउन सुरु गरेका छौँ,” उहाँले भन्नुभयो, “मतदान केन्द्र ९बुथ० निर्माणको कामसमेत सुरु गर्न लागिएको छ ।”

मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीलाई नियुक्ति पत्र दिई मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्रीसहित खटाउन लागिएको हो । कैलालीका सबै १३ पालिकाका २३६ मतदानस्थलमा व्यवस्था गरिएका ६१९ मतदान केन्द्रका लागि ६१९ मतदान अधिकृत र त्यतिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटाइएको छ ।

पाँच सय मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र सो भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा दुुई सहायक कर्मचारी खटाउन लागिएको छ । सबै मतदान केन्द्रमा एक कार्यालय सहयोगी खटाउन लागिएको छ ।

निर्वाचनको मौन अवधि यही वैशाख २७ गते राति १२ बजेदेखि सुरु हुन लागेको पनेरुले जानकारी दिनुभयो । निर्वाचनको थोरै दिन बाँकी रहँदा प्रत्याशीहरु मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन् । जिल्लामा एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिका रहेको छ ।–रासस