७ कार्तिक २०८३, शनिबार

यी मेयर जसले विवादमै बिताए ५ वर्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २५ वैशाख । गौरादह नगरपालिकामा बितेको ५ वर्ष विवादै मात्रै भयो । कहिले जनप्रतिनिधी र कर्मचारी विवाद कहिले जनप्रतिनिधी विच विवादले चर्चा मज्जाले पायो । गौरादह नगरपालिका बने सँगै जनप्रतिनिधीहरु आए ।

तर एमालेको आधार इलाकामा कांग्रेसबाट मेयरमा निर्वाचित मेयर रोहितकुमार शाहको दम्भले ५ वर्ष न कुनै काम भए न काम गर्ने नै प्रयत्न भए । स्वास्थ्य मन्त्रालयले नगर स्तरीय अस्पताल बनाउनका लागि १८ करोड रुपैयाँ बिनियोजन गरेको थियो । तर न अस्पताल बन्यो न त्यो रकमको सदुपयोग हुन सक्यो । मेयर शाहले नियत राखेर आफ्नै जग्गामा अस्पताल बनाउन खोजेपछी लामो समय सम्म विवाद भयो ।

जनप्रतिनिधी सहितको कार्यदलले गौरादह १ को चैतु चौकमा अस्पताल बनाउने त निर्णय गरे, तर त्यो ढिला भयो । अस्पतालका लागि छुटिएको बजेट फ्रिज भयो, गौरादह नगरपालिकाका कर्मचारीले भने, जनप्रतिनिधीले समयमा स्थान तोक्न सकेको भए काम अघि बढन सक्ने थियो ।

शाह मेयर बने लगतै नगर सभाले बनाएका ऐन नियम समेत लगभग १७ महिना सम्म प्रमाणिकरण गरेनन् । त्यसले गर्दा कार्यसम्पादनमै समस्या भयो । कर्मचारीले पत्रकार सम्मेलन नै गरेर काम गर्न असहज भएको बताए थिए । यस्तै कार्यसम्पादन प्रभावकारी नभएको कर्मचारी व्यवस्थापन गर्न नसकेको आरोप शाहले पटक पटक खेपे ।

२०७४ चैत १९ मा त नगरबासीले नगर प्रमुख शाहको कार्यशैलीको आलोचना गर्दै नगरपालिका नै घेराउ गरे । नागरिकले सेवा नपाएपछी आन्दोलन गर्नुपरेको थियो, त्यसवेला फर्निचर व्यवसायी संघका नेता राजकुमार दाहालले भनेका थिए, प्रमुख शाहमा कार्यगत समस्या देखियो, नागरिकको समस्या समाधानका लागि पहल गरेनन् ।

जसो तसो यी काम हुदै गए । कार्यपालिकामा आफू अनुकुलको निर्णय नहुने भएपछी मेयरले बैठक स्थगित गरेको आरोप लगाउँदै उपप्रमुख गिता भेटवालले बैठक बोलाउने सम्मको अवस्था आयो ।

३ मंसिर २०७५ मा झापाको गौरादह नगरपालिकाको कार्यपालिका बैठक बस्न नसकेर शाह बाहिरिएलगत्तै बहुमत सदस्यले अर्को बैठक बसालेर निर्णय गरे। उपप्रमुख भेटवालले भनिन्, एक जना वडा अध्यक्षले प्रकृया नपुगेको भुक्तानीका लागि पटक पटक दबाब दिएका कारणले मेयर शाहले भुक्तानी दिने निर्णय गर्न खोजेका थिए, तर हामीले रोक्यौ । प्रमुख शाहले राजपत्र प्रकाशनका लागि प्रमाणित नगरेपछि विवाद बढेको थियो। १७ महिना सम्म ती निर्णयहरु प्रमाणित भएनन् ।

विवाद यतिसम्म छ कि गौरादह ९ का वडाध्यक्ष सिताराम भटटराईको नेतृत्वमा भएको काम नै उपप्रमुख भेटवाल नेतृत्वको समितिले मापदण्ड अनुरूप नभएको भनेर भुक्तानी दिन नसक्ने भन्यो। गौरादह ७ हुँदै गौरादह ९ सम्म पुग्ने सडकको २ लाख ९४ हजार रुपैयाँ भुक्तानी रोकिएको हो। नगरप्रमुख रोहितकुमार शाहले भुक्तानीका लागि लेखा शाखालाई तोक लगाए पनि प्रक्रिया नपुगेको भनेर भुक्तानी रोकिएको थियो ।

त्यसकै कारण नगरभित्र विवाद बढेको थियो । ‘उपप्रमुख गिता भेटवाल नेतृत्वको अनुगमन समितिले गुणस्तरहीन काम भएको भनेर प्रतिवेदनसमेत दिएको थियो । त्यो सडकको अहिले सम्म भुक्तानी रोकिएको छ ।

गौरादह ९ का वार्ड अध्यक्ष सिताराम भट्टराईको दबाबपछि मेयर शाह आफै सडक अनुगमनमा गएका थिए। नगरका एक प्राविधिक कर्मचारीका अनुसार सडक अत्यन्तै गुणस्तरहीन छ। ‘भुक्तानी दिनका लागि कति यस्तो मरिहत्ते गरेको भनेर अहिलेसम्म बुझ्न सकिएको छैन,’ ती कर्मचारीले भने, ‘हामीले दिएको प्रतिवेदन टेकेर कुनै हालतमा भुक्तानी नदिने भनेर रोकिएको थियो ।

त्यसबेलाका नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सागर मिश्रले प्रक्रियागत केही त्रुटि सडक निर्माणमा भएको बताएका थिए । उनले दबाब दिएकै भरमा भुक्तानी दिन नसकिने भनेर भुक्तानी रोकेका थिए ।

विवाद यति सम्म भयो की मेयर शाहले घर अघिको ड्ेन पुरेर सडक चौडा गरे । अरु उपभोक्ताले भने आफ्नै सरचना भत्काएर पनि सडक फराकिलो पारे । मेयर शाहकै कार्यकालमा नगरपालिकामा गौरादह ८ का धनवीर राजंबशीको मृत्यु भयो । कांग्रेसकै नेताहरुले तोडफोड गरे । उनले आत्मआलोचना समेत गरेनन् ।

उनकै कार्यकालमा गौरादह नगरपालिकामा कोभिड १९ प्रभावितका लागि ल्याइएको चामल गाडियो । विवाद बढदै गयो, मेयर ७ दिन बेपत्ता भए । पछी दलबल सहित नगरपालिका गएर आफ्नो बचाउ गरे । नगरपालिकामा आउने हाकिमलाई अनुचित दबाब दिएकै कारण कर्मचारीहरु एक वर्ष बढी टिकेनन् । विवादले नै सागर मिश्रले त सरुवाका लागि गहुार गर्नुपर्यो ।