
काठमाडौँ, २५ वैशाख ।अमेरिकी डिभीको नतिजा सार्वजनिक भएको छ । सन् २०२३ का लागि गत अक्टोबरमा आवेदन दिएकाहरूको नतिजा शनिबार राति सार्वजनिक गरिएको हो ।
कन्फरमेसन नम्बर बिर्सिएको भए फर्गेट कन्फरमेसन नम्बरमार्फत मागेको विवरण भरेर नम्बर लिन सकिने अमेरिकी दूतावासले जनाएको छ । www.dvprogram.state.gov मा गएर आफ्नो कन्फरमेसन नम्बर, लास्ट नेम, जन्म मिति राखेर नतिजा हेर्न सकिने व्यवस्था रहेको छ ।
त्यस्तै दूतावासले अमेरिकी सरकारका कुनै पनि निकाय वा दूतावासले कसैलाई पनि डिभी परेको भनि इमेल नगर्ने भएकाले त्यस्ता भ्रमबाट बच्न पनि आग्रह गरेको छ । यो नतिजामा डिभी परेकाहरूलाई सन् २०२३ सेप्टेम्बर ३० भित्र अमेरिकी भिसा जारी भइसक्नु पर्नेछ ।















प्रतिक्रिया