७ कार्तिक २०८३, शनिबार

युवा संघका नेतामाथि चितवनमा खुकुरी प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २५ वैशाख । युवा संघका एक नेतामाथि चितवनमा खुकुरी प्रहार भएको छ । उनको अवस्था गम्भीर छ ।

युवा संघ, खैरहनी, चितवनका नेता कुमार थापामाथि खैरहनी–८ स्थित घरमै बसिरहेका बेला खुकुरी प्रहार भएको हो । थापाको हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ ।

थापा स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय भएर लागेका थिए । एक वर्षअघि कांग्रेस त्यागेर एमाले प्रवेश गरेकाले रिसिइबीका आधारमा उनीमाथि आक्रमण भएको हुनसक्ने प्रहरी आशंका छ ।