२९ आश्विन २०८३, बिहिबार

नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ वैशाख । कोरोना सहज भएसँगै नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो नौ महिनामा ७७१ जना विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।

आ.व.२०७७र७८ को सोही अवधिमा ६७६ जनाले श्रम स्वीकृति लिएका थिए । सो विभागका अनुसार यो अवधिमा श्रम स्वीकृति नवीकरण गर्नेको सङ्ख्या भने घटेको छ । चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म ८१५ जनाले श्रम नवीकरण गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९७७ जनाले नवीकरण गरेका थिए ।

अघिल्ला दुई आर्थिक वर्षमा भने रोजगारीका लागि नेपाल आउने विदेशी बढेका थिए । आ।व। २०७६र७७ मा नयाँ श्रम स्वीकृति र सोको नवीकरण गर्नेको सङ्ख्या दुई हजार ५० रहेकोमा आ।व। २०७७ र ७८ मा दुई हजार ३९० रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । खबर आजको गोरखापत्र दैनिकमा छ ।