
लमजुङ, २४ वैशाख । लमजुङको सदरमुकाम बेसीसहरमा दुई दर्जन बढी युवाहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
शनिबार नेकपा (एमाले)द्वारा आयोजित वृहत चुनावी सभामा विभिन्न पार्टी परित्याग गरी दुई दर्जन बढी युवाहरु एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेकपा (एमाले)का उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले खादा र टिका लगाएर पार्टीमा स्वागत गरेका छन् ।

















प्रतिक्रिया