१ कार्तिक २०८३, आइतबार

शहीद स्मारक सी डिभिजन लिगमा समाज कल्याणको तेस्रो जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २४ वैशाख । शहीद स्मारक सी डिभिजन लिगमा समाज कल्याण खेलकुद केन्द्रले तेस्रो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार दिउँसो भएको खेलमा समाज कल्याणले वीरगंज युथ एकेडेमीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

समाज कल्याणका लागि सृजन चेमताङ र चन्दन कुमारले १–१ गोल गरे भने वीरगंजका लागि सृजनले १ गोल गर्न सफल भए । खेलको ३२ औँ मिनेटमा सृजनले गोल गरेर वीरगंजलाई अग्रता दिलाए ।

खेलको ६६ औँ मिनेटमा चन्दन कुमारले गोल गर्दै समाज कल्याणलाई खेलमा फर्काए । खेल १–१ गोलको बराबरीमा प्रवेश गर्‍यो । राकेश विश्वकर्माले खेलको ७८ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै समाज कल्याणलाई अग्रता दिलाए । यसपश्चात दुवै टोलीले गोल गर्न असफल हुँदा बाजी समाज कल्याणले मार्‍यो ।