७ कार्तिक २०८३, शनिबार

यसरी रोक्नुस् फौजी किरालाई, नेपाली वैज्ञानिकले पत्ता लगाए नियन्त्रणको नयाँ उपाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले नेपालमै फौजी किरा रोकथामको उपाय पत्ता लगाएको छ ।

शनिबार नार्कले ३१ औँ वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलनमा फौजी किरा रोकथामको उपाय पत्ता लगाइएको जानकारी गराइएको छ ।

करिब ४ हजार वर्षदेखि बालीमा क्षति पुर्याउँदै आएको फौजी किराको नियन्त्रणका लागि सरकारका पहल विफल हुँदै आएका छन् ।

विश्वमै चुनौतीको रुपमा रहेको फौजीको किराको नियन्त्रणका लागि नार्कले नयाँ प्रविधि पत्ता लगाएको हो । ग्रिजजस्तो पदार्थलाई मकैको पातमा प्रयोग गरेर फौजी किरा नियन्त्रण गर्न सकिने नार्कले जनाएको छ ।

अमेरिकन फौजि किराको व्यवस्थापनकमा लागि इमामेक्तिन बेन्योयेट ५ प्रतिशत एस.जी को ०.४ ग्राम वा स्पिनोस्याड ४५ प्रतिशत एस.सी. को ०.३ मिलि वा स्पैनोटोरम ११.७ एस.सी को ०.५ मिलि प्रति लिटर पानीको दरले बोट भिज्ने गरि ५ देखि ७ दिनको फरकमा छर्किनु पर्ने छ ।

यस्तै नार्कले आइतबार ३१ औँ वार्षिकत्सव मनाउँदै छ ।