
काठमाडौँ, २४ वैशाख । चुनाव प्रचारप्रसारका लागि गुडिरहेको जीपको छतबाट खसेर सल्यानमा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा कालिमाटी गाउँपालिका २ दानीचौरका १८ वर्षीय युवक खुमराज थापाको ज्यान गएको हो ।
चुनावी प्रचारका लागि प्रयोग गरिएको लु १ ज ४५९९ नम्बरको जीपको छतबाट शनिवार बिहान ११ बजे खसेर गम्भीर घाइते भएका थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जीपको छतबाट खस्दा थापाको टाउकोमा गम्भीर चोट लागेको र घाइते थापालाई त्यही गाडीमा राखेर उपचारका लागी दाङको तुलसीपुर ल्याइएको थियो । गाडी तुलसीपुर प्रहरीको नियन्त्रणमा रहेको छ ।
नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार भुपेन्द्र घर्तीमगर सहितको टोलिले जीप लिएर चुनावी प्रचारप्रसारमा प्रयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया