१ कार्तिक २०८३, आइतबार

जिम्बावे ए विरुद्ध बलिङमा नेपालको राम्रो सुरुवात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ वैशाख । जिम्बावे ए विरुद्धको दोस्रो एक दिवसीय खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले बलिङमा राम्रो सुरुवात गरेको छ ।

नेपालका लागि करण केसी र सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै जिम्बावेका सुरुवाती क्रम र मध्यक्रमका ब्याटरलाई पेभेलियन फर्काइसकेका छन् । पहिलो बलमै करणले पहिलो एकदिवसीय खेलमा उत्कृष्ट प्रदर्शन गरेका ओपनर इनोसेन्ट कियालाई बोल्ड आउट गरेका थिए ।

यस्तै अर्का ओपनर चेफास जुवावो १० रन बनाएर आउट भए । जिम्बावे ए का अन्य ब्याटरले दोहोरो रन बनाउन सकेका छैनन् । जिम्बावे ए ले ११.४ ओभरमा ६ विकेट गुमाएर ३० रन जोडेको छ ।